‘बद्री बहादुर’ नेपालअघि अष्ट्रेलियामा प्रदर्शन गरिने

Read Time = 2 mins

काठमाडौं ।  शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’ नेपालअघि अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ । चलचित्रको आगामी जुलाई ३० तारिखमा सिड्नीलगायत चार शहरमा रिलिज गर्न लागिएको छ । चलचित्र रिलिजकको लागि शोभित केही दिनअघि अष्ट्रेलिया उड्नु भएको थियो । चलचित्रको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाउनु भएको हो ।

चलचित्रको सञ्चारकर्मी रवि अधिकारीले कार्यकारी निर्माता हुनुहुन्छ । एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली हुनुहुन्छ भने निर्माता मिथुन भोटे रहनुभएको छ । चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहनुभएको छ । ‘बद्री बहादुरमा जयकिसन बस्नेत छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धीरेन शाक्य अभिनय रहेको छ । यही चलचित्रबाट एलिना गुरुङले नेपाली सिनेमामा डेब्यु गर्नुभएको थियो ।

चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व रहनेछ । ‘बद्री बहादुर’मा विनोद सापकोटाको छायांकन तथा समीर मिया सम्पादन रहनेछ । ‘बद्री बहादुर’को छायांकन काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?