शभशेराको समयमा दैनिक २० पटक नुहाउने रणवीर

Read Time = 3 mins

काठमाडौं । बलिउड चलचित्र ‘शमशेरा’ आगामी २२ जुलाईमा प्रदर्शन हुँदैछ । चलचित्रमा रणवीर कपुरको मुख्य भूमिका छ भने रणवीर पहिलोपटक डबल रोलमा देखिँदै हुनुहुन्छ ।

‘चकलेटी ब्वाई’को भूमिकामा दर्शकले रुचाएका रणवीरको यो चलचित्रमा लुक अहिले चर्चाको विषय बनेको छ बलिउडमा । चलचित्र प्रमोसनमा लागेका रणवीरले सुटिङका क्रममा भोग्नुपरेका किस्सा सुनाउनुभएको छ । एक अन्तर्वार्तामा रणवीरले आफूले चलचित्रको सुटिङको क्रममा दिनमा २० पटकसम्म पनि नुहाउनुपर्ने बाध्याता आएको बताउनुभएको छ ।

रणवीरका अनुसार निर्माण टिमले छायांकनको बेला सेटमा दैनिक १० देखि १५ किलो धुलो राख्ने गरेको स्मरण गर्दै उहाँले भन्नु भयो, ‘छायांकन सुरु हुँदा उक्त माटोको धुलो उडाउन सुरु गरिन्थ्यो । त्यो माटो रणवीरको आँखा, कान र मुखमा जान्थ्यो । कहिलेकाहीँ संवाद पनि बोल्न गाह्रो हुन्थ्यो ।’ घरमा गएर कम्तीमा २० पटक नुहाउँदा पनि धुलो पूरै निस्कन गाह्रो भएको उहाँँले स्मरण गर्नुभएको छ ।

धुलोको समस्याले धेरै दिक्क हुनुभएका उहाँले मनमै निर्देशकलाई गाली गर्ने गरेको समेत बताउनुभयो । तर, अहिले जब सुटिङ सेटमा गरेको मिहिनेतलाई पर्दामा हेरिरहनु भएको छ । उहाँले आफ्नो र सम्पूर्ण टिमको प्रयास साकार भएको महसुस गर्नु भएको छ । यस चलचित्रमार्फत रणवीरको सञ्जय दत्तसँग पूरै चलचित्र खेल्ने पहिल्यैदेखिको सपना पूरा भएको छ । यसअघि चलचित्र ‘सञ्जु’को एउटा गीतमा सञ्जय दत्तसँग रणवीरले काम गर्नुभएको थियो । तर पूरै चलचित्रमा भने काम गर्ने मौका पाउनु भएको थिएन ।

यशराज फिल्मस्ले निर्माण गरेको चलचित्र ‘शमशेरा’ करण मलहोत्राले निर्देशन गर्नु भएको हो । चलचित्रमा रणवीरका साथै सञ्जय दत्त र वाणी कपुरको मुख्य भूमिका रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?