‘शिरको फूल शिरैमा’ गीत सार्वजनिक

Read Time = 1 min

काठमाडौं । एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको ‘शिरको फूल शिरैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राम अबिरल विष्टको शब्द रहेको यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत छ ।

यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय छ । शिव विकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीलाई राजा-रानीको भेषमा पनि देख्न सकिन्छ । लोक शैलीको यो गीतमा युवा–युवतीको प्रेमलाई फरक तरिकाले प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?