Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

नेपाल इको प्यानलको झण्डा र लोगो सगरमाथामा

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाल इको प्यानलको लोगो र झण्डा पनि सर्वाेच्च शिखर सगरमाथामा पुगेको छ । सगरमाथा आरोही आङकाजी शेर्पाले लोगो र झण्डा सर्वाेच्च शिखर सगरमाथामा पुर्‍याउनुभएको हो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले निर्माण सामग्रीमा हरित क्रान्ति ल्याउने सन्देश दिन शेर्पाले नेपाल इको प्यानलको लोगो र झण्डा सगरमाथामा पुर्‍याएको बताउनुभयो । संसारभर वातावरणमैत्री निर्माण सामग्री प्रयोगको सन्देश दिन उक्त कार्य गरिएको उहाँको भनाइ छ ।

कम्पनीका अनुसार नेपाल इको प्यानल वातावरणमैत्री निर्माण सामग्री हो । वातावरण विनाश हुन नदिन इको प्यानल उत्पादनका क्रममा कुनै पनि इन्धनको प्रयोग हुँंदैन । बाहिरको तातोचिसो भित्र नपठाउने र भित्रको तातोचिसो बाहिर नपठाउने थर्माे इन्स्योलेसनका कारण नेपाल इको प्यानल हिमाल, पहाड, तराई सबैतिर उत्तिकै उपयोगी रहेको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?