श्रीलंकामा विपक्षी पार्टी अन्तरिम सर्वदलीय सरकार गठन गर्न सहमत

हिमालय टाइम्स
Read Time = 2 mins

कोलम्बो । श्रीलंकाका प्रमुख विपक्षी दलहरू आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । रिपोर्टहरूअनुसार विपक्षी दलहरूले राजापाक्षेको राजीनामापछि वर्तमान अभूतपूर्व आर्थिक संकटबाट देशलाई अगाडि बढाउने उपाय खोज्न वार्ता गरेका थिए ।

‘हामी अन्तरिम समयका लागि सबै दलहरूको सहभागितामा मिलिजुली सरकार गठन गर्न सैद्धान्तिक रूपमा सहमत छौं’, सत्तारुढ श्रीलंका पोदुजाना पेरामुना पार्टी (सएलपीपी )बाट अलग्गिएको समूहका नेता विमल वीरावांसाले भने ।

उनले अगाडि थपे, ‘यो सरकार सबै दलको प्रतिनिधित्व हुने सरकार हुनेछ । ’

सोही समूहका अर्का नेता वासुदेव नानायकाराले सरकार गठनका लागि जुलाई १३ मा राजापाक्षेको राजीनामा पर्खनु नपर्ने बताए ।

राष्ट्रपति राजापाक्षेले शनिबार संसदका सभामुख महिन्दा यापा अबेवर्देनालाई बुधबार राजीनामा दिने जानकारी गराएका थिए । त्यस्तै, प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने प्रस्ताव गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल समुगी जनता बलवेगया पार्टीले व्यापक आन्तरिक छलफल भएको जनाएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?