आईजीपी नियुक्ति विवाद: आज मुद्दाको फैसला आउने संभावना

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ । यसअघि १९ असारमा सुनुवाइ भएकोमा मुद्दालाई हेर्दाहेर्दैमा राखेर आज (सोमबार) पेसी तोकिएको थियो ।

लगातार चार पटक हेर्दाहेर्दैमा रहेको मुद्दाको विपक्षी बनाइनुभएका आईजी धिरजप्रताप सिंहका तर्फबाट आज कानुन व्यवसायीहरूको बहस सकिएपछि पोखरेलका तर्फबाट कानुन व्यवसायीहरूले जवाफी बहस दिने र सुनुवाइ सक्ने भनिएको थियो।

सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । सोमबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। आज नै यो मुद्दामा फैसला आउन सक्ने सम्भावना छ ।

सरकारले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गरेपछि त्यसविरुद्ध सर्वोच्च जानुभएका एआईजी विश्वराज पोखरेलको मुद्दामा असार २६ का लागि पेसी तोकिएकोमा आइतबार मुस्लिम धर्मावलम्बीहरूको चाड इदको सार्वजनिक बिदा परेकाले अन्तिम सुनुवाइ आजका लागि सारिएको हो।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ चलिरहेको छ।

रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?