नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो ।

उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्नुअघि बैठकमा छलफल भएको थियो भने सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको गृहमन्त्री खाणले जवाफ पनि दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?