भक्तपुरको एक रिसोर्टमा १६ वर्षीया किशोरी बलात्कृत

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाललाई आइतबार पक्राउ गरेको छ ।

ती किशोरीलाई सूर्यविनायक नगरपालिका-१० चित्तापोलस्थित एक रिसोर्टमा कटुवालले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?