शेखर कोइरालाको प्रश्न : कांग्रेसलाई अहिले विगतकोभन्दा बढी निरंकुश र संविधान प्रतिकुल कानुन बनाउनु किन पर्‍याे ?

Read Time = 2 mins

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्ने बताउनु भएको छ । केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुग्नुभएको कोइरालाले उक्त विधेयक फिर्ता लिनुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भईरहेको बेला कोइरालाले सो प्रतिक्रिया दिनुभएको हो ।

‘केपी ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउँदा चर्को विरोध गर्ने गर्ने कांग्रेस अहिले विगतकोभन्दा बढी निरंकुश र संविधान प्रतिकुल प्रावधान भएको कानुन बनाउन अघि सरेको छ,’ कोइरालले भन्नुभयो, ‘यसले के देखाउँछ भने पात्र फेरियो प्रवृत्ति उस्तै रह्यो, यो विधेयक फिर्ता लिनुपर्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही प्रावधान राखेर विधेयक ल्याउँदा सभापति देउवाले विरोध गर्नुभएको थियो । तर, अहिले उहाँले सो प्रावधान समेटेर विधेयक दर्ता गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?