ललितपुर । नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ ।
सोमवार संघले यातायात कार्यालयले सवारी चालक अनुमति पत्र वितरणमा भएको अनियमितता, ढिलासुस्ती र लापरबाही गरेको भन्दै यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष किरण पौडेलले अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोलेपनि पूर्ण रुपमा नचल्ने साइट बनाएको आरोप लगाउनु भयो । उहाँले साइट नचल्दा पुनः नागरिकहरु विचौलियाकोमा पुगिरहेको दाबी गर्नुभयो ।
अध्यक्ष पौडेलले अनलाइन फारम नाममात्रैको भएको भन्दै यसलाई व्यवस्थ्ति गर्न कार्यालयको ध्यानाकर्षण गराउनु भयो । उहाँले कर्मचारी र विचौलियालाई पैसा खुवाएर लाइसेनको परीक्षा र ट्रायल दिने काम बन्द गर्नुपर्ने बताउनु भयो ।
उहाँले देशका धेरै कार्यालयहरुमा पारदर्शिताको अभाव रहेको दाबी गर्दै यातायात कार्यालयले मनपरी रुपमा सवारी चलक अनुमति पत्र लगायतका कुराहरुमा ढिलासुस्ती गर्न नहुने बताउनु भयो । उहाँले सहजै हुने काम पनि पैसाका लागि घुमाउरो बाटो अपनाएर लम्ब्याउने काम भइरहेको आरोप लगाउनु भयो ।
उहाँले यातायात कार्यालयमा भएका सबै सेटिङ र विचौलियालाई जरोदेखि नै ध्वस्त पार्न आवश्यक रहेको बताउनु भयो । युवा संघको आन्दोलनलाई चानचुने रुपमा नलिन पनि चेतावनी दिनुभयो ।
युवा संघका प्रदर्शनकारीले ढुङ्गे युगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम, लाइसेन्स प्रिन्टलाई विकेन्द्रीकृत गर् लगायतका ब्यानर र नारा लागएर बिरोध प्रदर्शन गरेका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका