शेयर बजारमा उच्च अंकको गिरावट

Read Time = 1 min

काठमाडौं । सोमबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको शेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो ।

आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

उच्च अंकले घटेको शेयर बजारमा आज सर्वाधिक हिमालयन डिस्टिलरीको सेयर खरिद-बिक्री भएको छ । कम्पनीको आज एकैदिन ११ करोड चार लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एसिया बैंकको आठ करोड ७१ लाख, अपर तामाकोसीको आठ करोड ४१ लाख, एसियन लाइफको आठ करोड १७ लाख र नेपाल लाइफको सात करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?