काठमाडौं । यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पारित भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई सर्वसम्मतले पारित गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले राखेको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यसअघि सो विधेयकमाथि बैठकमा छलफल भएको थियो भने बैठकका क्रममा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको मन्त्री कोइरालाले जवाफ दिनभएको थियो ।
कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि सोमबार सदनमा छलफल भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका