श्रीलंकामा राष्ट्रपति कार्यलयमा भेटिएको रकम अदालतमा बुझाइयो

Read Time = 1 min

कोलम्बो। श्रीलंकाका राष्ट्रपतिले आफ्नो सरकारी निवासबाट भाग्दा छाडेको लाखौं रुपैयाँ नगद सोमबार प्रदर्शनकारीहरूले फिर्ता गरेपछि अदालतमा बुझाइएको विवरण सार्वजनिक भएको छ ।

शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षे निवासमा प्रवेश गरेका प्रदर्शनकारीले प्राप्त गरेको १७ दशमलब ८५ मिलियन श्रीलंकाली रुपी (करिब ५० हजार डलर) सोमबार अदालतमा बुझाइएको हो । ‘ प्रहरीले नगद नियन्त्रणमा लिएको छ र आज अदालतमा पेस गरिएको छ,’ प्रहरी प्रवक्ताले भने ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?