गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । सोमबार दोस्रो पटक बसेको बैठक गणपूरक संख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने क्रममा सांसद कृष्णभक्त पोखरेलले गणपूरक संख्या रहे नरहेको एकीन गर्न माग गर्नुभएको थियो । तत्पश्चात तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपूरक संख्या नपुगेको पुष्टि भएपछि बैठक स्थगित गरिएको हो।

कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने प्रावधान छ । एक चौथाइ ६९ सदस्यीय उपस्थित हुनुपर्नेमा ६१ जना सदस्य बैठकमा रहेपछि २९ असार बुधबार बस्नेगरी बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?