एकै दिन १६८ जनामा कोरोना संक्रमण, ३७ जना संक्रमणमुक्त

Read Time = 1 min

काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनामा गरिएको परीक्षणमा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल ७७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?