प्रिमियर क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक प्रिमियर इन्टरनेसनल स्कुल प्रथम एसइई कपअन्तर्गत ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको फुटसलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । खुमलटारस्थित आयोजकको हातामा भएको खेलमा प्रिमियरले अक्षरालाई २-० गोलले पराजित गर्‍यो । स्वस्तिश्री गुरुकुल पनि क्वाटरफाइनलमा पुग्यो ।

त्यस्तै, यश गुरुकुल, रोजर एफसी, स्वस्तिश्री ग्रिन, काष्ठमण्डप, नो मर्सी, रोजबड, साइपाल एकेडेमी, सोसियल वेलफेयर, स्वस्तिश्री रेड, शान्तिनगर फुटसल र मानेश्वरी प्रिक्वाटरफाइनलमा पुगे । बास्केटबलको थ्री बाइ थ्रीमा न्यु जेनिथ ‘ए’, एन्जल्स हार्ट, नखिपोट, एमआइएस, ऋत एकेडेमी र पाठशाला नेपालले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको प्रिमियरका प्रबन्ध निर्देशक वसन्त थापाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । फुटसलमा २४ तथा बास्केटबलमा १६ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक राजु श्रेष्ठले जनाउनुभएको छ । फुटसलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । बास्केटबलमा पहिलोलाई ३५ हजार र दोस्रोलाई २० हजार नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?