विश्वको जनसंख्या आठ अर्ब पुग्ने, सबैभन्दा बढी भारतमा हुने

Read Time = 3 mins
A A- A+

नयाँदिल्ली । आगामी वर्ष भारतमा विश्वकै सबैभन्दा बढी जनसंख्या हुने प्रक्षेपण गरिएको छ । सन् २०२३ मा भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश सावित हुने प्रक्षेपण गरिएको हो । संयुक्त राष्ट्रसंघका अनुसार विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशमा चीन एक नम्बरमा रहेको र आगामी वर्षमा भारतले चीनलाई उछिन्ने जनाएको छ ।

चीन र भारत यतिबेला विश्वको सबैभन्दा बढी जनसंख्या भएका देश हुन् । अहिले चीनको जनसंख्या १.४४ अर्ब छ भने भारतको जनसंख्या १.३९ अर्ब छ । विश्वको जनसंख्याको १९ प्रतिशत मानिस चीनमा बस्छन् भने भारतमा १८ प्रतिशत मानिस बसोबास गर्दछन् । महादेशका हिसाबमा सबैभन्दा बढी एशिया माहादेशमा ४.७ अर्ब मानिस एशियामा बसोबास गर्दछन् । विश्वको जनसंख्याको कुलमध्ये ६१ प्रतिशत मानिस एसियामा बसोबास गर्दछन् । यसपछि अर्फिकामा १.३ अर्ब मानिस बासोबास गर्दछन् जुन विश्व जनसंख्याको १७ प्रतिशत हो । यस्तै युरोपमा ७५ करोड मानिस बसोबास गर्दछन् जुन विश्वको जनसंख्याको १० प्रतिशत हो । त्यसैगरी ल्याटिन अमेरिका र क्यारेवियन मुलुकमा ६५ करोड अर्थात् आठ प्रतिशत, उत्तरी अमेरिकामा ३७ करोड र ओसिनायीमा ४.३ करोड मानिस बसोबास गर्दछन् ।

विश्व जनसंख्या दिवसको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघले एक वक्तव्य प्रकाशित गरी यही वर्षको मध्यसम्म विश्वको जनसंख्या आठ अर्ब पुग्ने र भारत जनसंख्याको आधारमा एक नम्बरमा पुग्ने जनाएको हो । सन् २०११ मा संसारमा मान्छेको संख्या सात अर्ब पुगेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (युएनएफपिए)का अनुसार अहिले संसारभरी सात अर्ब ९५ करोड ४० लाख मानिस छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?