चलचित्र ‘प्रपञ्च’को गीत सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । आगामी असोज २१ गतेलाई प्रदर्शन मिति तोकेको नेपाली चलचित्र ‘प्रपञ्च’को गीत सार्वजनिक गरिएको छ । बिएस बलामी निर्देशित चलचित्र प्रपञ्चको ‘मुटुमा सास भर्ने आधार’ सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरियो ।

गीतमा चलचित्रका मुख्य कलाकार सुमन थापा र मेनुका माझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । चलचित्रको गीत डिएआर मुभिजबाट सार्वजनिक गरिएको हो । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । चलचित्रको गीतमा तेञ्जु योन्जनको कोरियोग्राफी हेर्न सकिन्छ । ‘प्रपञ्च’लाई बद्री साह, अनिल गुीता र रविराज आचार्यले निर्माण गर्नुभएको हो । चलचित्रको को कार्यकारी निर्मातामा शिवानी बलामी हुनुहुन्छ ।

चलचित्रमा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिमखडा, सिजन तिवारी रूपशराज खड्कालगायत कलाककारको अभिनय छ । चलचित्रमा प्रकाश कुँवरको कथा, दिवस गुरुङको डिओपी, देव मर्हजनको द्वन्द्व निर्देशन, प्रवीन ढकालककोे सम्पादन छ । तर्कराज न्यौपाने मुख्य सहायक निर्देशक छ भने सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?