मौनताको ‘आँधी तुफान-२’ साउनमा

Read Time = 3 mins

काठमाडौं । निर्माता तथा लेखक मौनता श्रेष्ठको चलचित्र ‘आँधी तुफान-२’ आगामी साउन २० गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । यस चलचित्रको केही समयअघि ट्रेलर सार्वजनिक गरिएको थियो । दुई मिनेट तीन सेकेण्ड लामो एक्सन प्याक्ड ट्रेलरले चेलीबेटी बेचविखनको कथा देखाएको बुझ्न सकिन्छ । तीन महिला प्रहरीले चेलीबेटी बेचविखन गर्ने गिरोहको खोजी गरिरहेको चलचित्रको सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई स्थान दिइएको छ ।

लेडिज एक्सन चलचित्रले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक श्रेष्ठले बताउनुभयो । २०६३ सालमा निर्माण भएको सुपरहिट चलचित्र ‘आँधी तुफान’को सिक्वेललाई मदन घिमिरेले निर्देशन गर्नुभएको छ । सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोष्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पाश्र्व संगीत रहेको चलचित्रको सहायक निर्देशकमा जीवन गौतम हुनुहुन्छ ।

ADVERTISEMENT

ओम साई भक्त मुभी प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा रवि गिरी, पुस्कर राउत, सञ्जित भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवि श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय छ ।

नेपाली चलचित्रका सफल लेखक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई तथा अभी वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी तथा विक्रम थापाको संगीत, हरि उप्रती तथा दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बूको स्वर र मन्दिल श्रेष्ठको सम्पादन छ । आरआर फिल्मस्ले यो चलचित्रको वितरण जिम्मेवारी सम्हालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?