निरोज कोइराला/हिटा
भोजपुर । भोजपुर र संखुवासभाबीचमा रहेको अरुण नदीमा निर्माण हुने छ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाबाट भोजपुरको टेम्केमैयुङ गाउँपालिका पनि प्रभावित हुने भन्दै गाउँपालिकाले पनि सुविधा उपलब्ध गराउनुपर्ने माग गरेको छ । आयोजनाले गाउँपालिकाको भूभागमा टावर र ट्रान्समिसन लाइनले प्रभावित पार्ने भन्दै गाउँपालिकाले तीनबुँदे माग अघि सारेको हो । मागपत्र भोजपुरका प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइरालालाई गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले हस्तान्तरण गर्नुभयो ।
सुविधा उपलब्ध गराइपाऊँ भन्ने मागपत्रमा गाउँपालिकाका प्रत्येक घरधुरीलाई न्यूनतम दुई हजार कित्ता सेयर दिनुपर्ने, ट्रान्समिसन लाइन प्रभावितलाई घरजग्गाको उचित मुआब्जा उपलब्ध गराउनुपर्ने र ट्रान्समिसन लाइनमुनि पर्ने घर तथा चौडा जग्गा प्रभावित ४६ मिटर तोकिएकोमा ८० मिटरसम्म प्रभावित क्षेत्र कायम गरी उचित मुआब्जा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
सरकारले तोकेका सय गन्तव्य सूचीमध्ये पालिकामा अवस्थित मुन्दुम पदमार्गका साथै अन्य पर्यटकीय क्षेत्रसमेत प्रत्यक्ष प्रभाव पारेको, खेतीयोग्य उर्वर भूमिका साथै मध्यपहाडी राजमार्ग आसपासका जग्गा प्रभावित हुने भएकाले अन्य पालिकाभन्दा टेम्केमैयुङ गाउँपालिकाले मुआब्जा माग गर्न उचित रहेको अध्यक्ष बस्नेतले बताउनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच