दोनबासका प्रमुख सहरमा रुसी हमला तीब्र

हिमालय टाइम्स
Read Time = 1 min

किभ । रूसी सेनाले दोनबासका प्रमुख शहरहरूमा आफ्नो लडाई तीब्र पारेको जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडाले मस्कोविरुद्ध प्रतिबन्धहरू कमजोर गरेको आरोप लगाइरहेका बेला रुसले दोनबासका मुख्य सहरलाई पुनः निशाना बनाउन थालेको युक्रेनले जनाएको हो ।

पूर्वी युक्रेनमा रुसी आक्रमणको केन्द्र बिन्दु दोनेत्स्क क्षेत्रको चासिभ यार सहरमा रहेको एक अपार्टमेन्ट भवनमा रुसी गोलाबारीबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

रूसी सेनाले दोस्रो सहर खार्किभको सपिङ सेन्टर र नागरिक आवासलाई लक्षित गरी आक्रमण गरेको क्षेत्रीय प्रमुख ओलेग सिन्येगुबोभले बताएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?