कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सातवटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् ।

यस्तै बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला पन्त, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल र दिनेश कोइरालाले धारणा राख्नुभएको थियो ।

आजको बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध अजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?