बागलुङमा दुई जनामा भेटियो डेंगु

हिमालय टाइम्स
Read Time = 2 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङमा दुई जना डेंगुका बिरामी फेला पर्न थालेका छन् । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको संक्रमण जिल्लाका दुई जनामा भेटिएको हो ।

गर्मी बढेसंगै जिल्लामा डेंगुको जोखिम बढेको हो । धौलागिरी अस्पतालमा उपचार गर्न आएका एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि अएको अस्पताका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

संक्रमित शनिबार र आइतबार अस्पताल भर्ना भएका हुन् । संक्रमित बागलुङ नगरपालिका वडा नम्बर ७ र ९ रहेका छन् ।

बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ । लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्था जानसमेत डाक्टर पोखरेलले आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?