काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।
भेटवार्ता ओली निवास बालकोटमा चलिरहेको छ । भेटवार्तामा अध्यक्ष ओलीसँग नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, नेता विष्णु रिमाल लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।
चार दिने नेपाल भ्रमणको सिलसिलामा लिउ शुक्रबार काठमाडौं आइपुग्नुभएको हो । त्यसपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरिसक्नुभएको छ ।
आइतबार सीपीसीका विदेश विभाग प्रमुख लिउले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका