लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर निलम्बित भएका छन् ।
एनआरएनए यूकेका महासचिव खुशी लिम्बूले मंगलवार प्रेश विज्ञप्ति जारी गर्दै एनआरएनए यूकेले केन्द्रमा तिर्नुपर्ने सदस्यता शुल्क नतिरेको र सम्बन्धन समेत नलिएको बताउनुभएकाे छ ।
वर्तमान अवस्थामा संस्थाभित्र विवाद सुरु भएपछि गैरआवासीय नेपाली संघको पदाधिकारीको बैठकमा अध्यक्ष कुल आचार्यको संयोजकत्वमा गठित एक उच्चस्तरीय छानवीन समितिले छानविनको प्रकृयाअघि बढाएपछि गाहामगरको पद स्वतः निलम्बनमा परेको जनाएका छन् ।
विज्ञप्तिमा बेलायतस्थित नेपाली समुदायलाई एनआरएनए यूकेको अध्यक्षको हैसियतमा प्रेम गाहा मगरलाई कुनै पनि कार्यक्रममा अतिथिको रुपमा बोलाउने, चन्दा लिने र चन्दा दिने कार्य तुरुन्तै बन्द गर्न गराउन अनुरोध गरिएको छ ।
गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहा मगरले संघको सदस्यता शुल्क केन्द्रमा नबुझाएपछि संस्थाको सम्बन्धन खारेजीको प्रकृयामा रहेको एनआरएनए यूकेले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन