तीन सांसदद्धारा नागरिकता विधेयकमा विरोधको सूचना दर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका दुई र नेपाल मजदुर किसान पार्टीका एक सांसदले नागरिकता विधेयकमा विरोधको सूचना दर्ता गर्नुभएको छ । नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विरोधको सूचना दर्ता गर्नुभएको हो ।

एमाले सांसद भीम रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा विधेयक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिकै अवहेलना भएको तर्क गर्नुभएको छ ।

यसैगरी अर्का सांसद शेरबहादुर तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरित भएको लगायतका विषय उठाएर विरोधको सूचना दर्ता गर्नुभएको छ ।

यस्तै नेमकिपाका सांसद प्रेम सुवालले खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर विरोधको सूचना दर्ता गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?