लमजुङ । बाढीपहिरोले अवरुद्ध बनाएको डुम्रे-बेँसीशहर सडकखण्ड करिब ८ घण्टापछि सञ्चालनमा आएको छ । गएरातिको वर्षाले यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिराले आज बिहानैदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।
डुम्रे-बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युतविलास पन्तका अनुसार माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको भागको अवरोध हटाएसँगै पुनःसवारी सञ्चालनमा आएको हो ।
गतवर्ष र केही हप्ता अघि गएको बाढीले डुम्रे बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएको छ । उक्त योजना कार्यालयका प्रमुख पन्तले भन्नुभयो, “वैकल्पिक रुपमा सञ्चालन गरिएको यस सडकसमेत दैनिकजसो पहिरोले अवरुद्ध बनाउँछ, डोजरले पहिरो हटाएर बाटो सञ्चालन गर्नुपर्ने बाध्यता छ ।” रासस
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका