रसिया र युक्रेनको युद्धलाई कारण देखाएर पन्छिन खोज्यौँ भने मुलुक दुर्घटनामा जान्छ : जितेन्द्र देव

Read Time = 5 mins

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताउनुभएको हो ।

उहाँले नेपाललाई श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको बताउनुभयो ।  उहाँले कोभिड अथवा रसिया र युक्रेनको युद्धलाई देखाएर देशको समस्याबाट पन्छिन खोज्नुभने मुर्खता र देशप्रतिको गद्दारी हुने बताउनुभयो ।

सांसद देवले श्रीलंकाको अहिलेको अवस्थाबाट पाठ सिक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘के कारणले श्रीलंका त्यहाँ पुग्यो ? नेपाल त्यहाँ पुगिराखेको छैन । म एउटा अर्थशास्त्रको विद्यार्थीको नाताले, राजनीतिको पनि विद्यार्थीको नाताले म यो कुरामा ढुक्क छु कि नेपाल त्यतातिर गइराखेको छैन । यो म कुनैपनि अर्थशास्त्रीसँग, कुनैपनि नेताहरुसँग, बुद्धिजिवीहरुसँग छलफल गर्न तयार छु । नेपाल त्यतातिर गइराखेको छैन । हिजो नेपाल राष्ट्र बैंकले जुन आर्थिक तथ्यांकहरु सार्वजनिक गरेको छ, त्यसले पनि इक्करेजिङ ट्रेन्डलाई देखाएको छ । तर के भन्दाखेरी सर्तकताको जरुरी छ । हामी कसैले कोभिडलाई मात्रै कारण देखाएर या रसिया र युक्रेनको युद्धलाई मात्रै कारण देखाएर पन्छिन खोज्यौँ भने त्यो मुर्खता हुन्छ । त्यो देशप्रति गद्दारी, बेइमानी हुन्छ । विश्वासघात हुन्छ । मुलुक दुर्घटनामा जान्छ । त्यसकारणले सिक्नुपर्ने कुरा श्रीलंकाबाट के सिक्ने त्यो महत्वपूर्ण छ । त्यो शेरबहादुर देउवाको लागि पनि आवश्यक छ । त्यो पूर्वप्रधानमन्त्री केपी ओलीको लागि पनि आवश्यक छ । त्यो शेरबहादुर देउवा, प्रचण्डको लागि मात्रै आवश्यक छैन ।’

उहाँले श्रीलंकाले निरन्तरको दुई दशकदेखिको गलत आर्थिक नीति, भ्रष्टाचार, कमिशनतन्त्र र परिवारवादको कारणले गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताउनुभयो ।

उहाँले नेपालले कस्तो किसिमको ऋण लिने र कस्तो किसिमको ऋण नलिने यस विषयमा भने अर्थशास्त्री, राज्य सञ्चालक र मुख्य राजनीतिक शक्तिहरुका बिचमा बहश हुनुपर्ने बताउनुभयो । सांसद देवले नेपाल सरकारले अहिले लिएको आर्थिक नीति सहि भएको बताउनुभयो । सरकारले उत्पादन बढाउने, आयात घटाउने, निर्यात बढाउने नीति लिनु सहि भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘नेपालको अहिलेको सरकारले जे आर्थिक नीति लिएको छ । त्यो सहि छ । सहि नीति लिएको छ अहिले । यो म दाबा गर्न चाहान्छु । उत्पादन बढाउने, आयात घटाउने, निर्यात बढाउने जुन नीति छ । रेमिट्यान्सलाई फर्मल सेक्टरमा ल्याउने जुन नीति छ । सरकारको आर्थिक नीति ठिक छ । खालि नेपाल सरकारले हेर्नुपर्ने र हिजोका सरकार चलाउनेहरुले समिक्षा गर्नुपर्ने कुरा के छ भने कहिँ हामी त्यही कमिशन एजेन्ट र दलाल नोकरशाही पुँजिवादको घेरामा हाम्रो केन्द्रीय कार्यालय त छैन भन्ने कुरा समिक्षा गर्नु जरुरी छ । त्यतातिर ध्यान दिउँ ।’

उहाँले विगतमा र अहिले सरकार चलाउने नेताहरुले आफु दलाल नोकरशाही पुजीवादको घेरामा रहे नरहेकोमा भने समिक्षा गर्नुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?