काठमाडौं । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले पार्टी नेतृत्वहरूबाट वीरगञ्जमा केन्द्रीय समितिको बिस्तारित बैठक राखेका कारण असुरक्षा महशुस भएकाले जान नसकेको बताउनु भएको छ ।
आज काठमाडौंमा आयोजित नेता बाबुराम भट्टराई पक्षधरहरुको केन्द्रीय समितिको बिस्तारिक बैठकमा बोल्दै उहाँले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताउनु भयो ।
बैठकमा उहाँले भन्नुभयो, ‘बिरगन्जको पार्टीको बैठक राख्नुको सन्देश के हो ? काठमाडौंमा के अशुविधा थियो र बिरगन्जमा पार्टीको विस्तारित बैठक गर्नु पर्यो ? उहाँले सास रहिन्जेल पार्टीलाई एक बनाउने प्रयासमा लाग्ने र अरु साथीहरूलाई पनि पार्टी एक ढिक्का राख्न आग्रह गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच