नयाँ कलाकारहरुलाई टुबोर्ग ओपनको साथमा सांगीतिक सहकार्य गर्न जेसन डेरुलोको आमन्त्रण

Read Time = 4 mins

काठमाडौं । विश्वचर्चित कलाकार जेसन डेरुलो र डेनिस बियर ब्रान्ड टुबोर्गले सहकार्य गरी सांगीतिक अभियान चलाउँदै आएका छन्। जसमा संसारभरका उदीयमान संगीत कलाकारलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने सुवर्ण अवसर दिइएको छ।

टुबोर्ग ओपनले संगीतको शक्ति प्रयोग गरी विश्वभरका कलाकार र दर्शकहरुका लागि अदितीय अनुभवहरु सिर्जना गर्दै आईरहेको छ । यस अनुसार टुबोर्ग ओपन अभियानको छैटौं वर्ष मनाउँदै छ ।

नयाँ कलाकारहरुका लागि उक्त अवसर लस एन्जलसमा भएको थियो । जहाँ कलाकारहरुले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रुपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयहरुमा छलफल गरे । त्यसपछि लस एन्जलसको सबैभन्दा प्रतिष्ठित सांगीतिक स्थलहरु मध्ये एक, द विल्टर्न थिएटरमा जेसन डेरुलोको सामु प्रस्तुति दिने मौका पाएका थिए ।

उक्त अभियानमा डेरुलोले आफ्नो विगत सुनाउँदै भने, “संगीत उद्योगमा सफल हुने मन्त्र भएको कुनै प्ले–बुक छैन, त्यसैले यदि तपाई एक संगीतकार बन्न चाहनुहु्न्छ भने तपाई लगभग आफ्नै भरमा हुनुहुन्छ । तर यी अनुभवहरुबाट गुज्रिएको कोही तपाईको साथमा हुनाले ठूलो फरक पार्न सक्छ । यो अभियानको बारेमा मलाई मनपर्ने कुरा यही नै हो । मलाई लाग्छ कि यदि मैले त्यस्तो प्रकारको मार्गदर्शन पाएको भए मैले धेरै कम ठक्कर खाने थिए, त्यसैले म यी प्रतिभाशाली कलाकारहरुको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु । ”

टुबोर्ग ओपन प्रोजेक्टमा VEK नेपाल, Dee MC  भारत, Shokhrullo Abdullaev उज्वेकिस्तान, Halko टर्की, Iva Lorens सर्बिया र Stoposto बोस्नियाका कलाकारहरु सहभागी छन् ।
यी कलाकारहरले आउँदो महिनाहरुमा टुबोर्ग मार्फत सहयोग प्राप्त गरी जेसन सामु प्रदर्शन गरेका ट्रयाकहरुको उत्पादन र विकास गर्ने छन् ।

टुबोर्ग ओपनको आफ्नो अनुभव बारेमा कुरा गर्दै, VEK(नेपाल) ले भनेः “संगीतको बारेमा मात्र होइन, मेरो संगीतको बारेमा कुरा गर्न जेसन डेरुलोसँग बस्न पाउनु अतुलनीय थियो। उनले गीत लेखन र मेरो प्रदर्शनको बारेमा सल्लाह दिए र त्यो म नेपाल फर्किएपछि मेरो प्रक्रियामा लागू गर्नेछु।

२०१७ को सुरुवात देखि टुबोर्ग ओपनले द चेनस्मोकर्स, मेजर लेजर, क्लिन ब्यान्डिट, डिप्लो र मो जस्ता विश्वव्यापी कलाकारहरुसँग सहकार्य गरि संसारभरिका दर्शकहरुलाई जोड्ने हिटहरु निर्माण गरेको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, “निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ । टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागी सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ । टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो जहाँ हामीले नेपालका उदीयमान कलाकारहरुलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं ।’

यस वर्षका लागि जेसन डेरुलो र भेकसँग सहकार्यका कारण आफूहरु निकै उत्साहित भएको बताउँदै उनले दर्शकहरुले पनि उक्त सहकार्यको नतिजा मन पराउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?