चुरे तथा वनजंगल संरक्षणको माग गर्दै लालटेन प्रर्दशन

हिमालय टाइम्स
Read Time = 5 mins

-पुरन साह

जनकपुरधाम । भुमिहिन सुकुम्वासीको नाउँमा गलत व्यक्तिहरूलाई चुरे तथा वनजंगलको जग्गा दिने काम भइरहेको विरुद्वमा जनकपुरधाममा मंगलबार दिउँसै लालटेन बालेर प्रर्दशन भएको छ भने बिहीबार जनकपुरधाम बन्दको आह्वान समेत गरिएको छ ।

चुरे तथा वन जंगल संरक्षण अभियान, केन्द्रिय कार्य समिति जनकपुरधामले जनकपुरधाममा लालटेन बालेर विरोध प्रदर्शन गर्नुका साथै आफुहरूसँग पटक पटक प्रदेश सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै मधेशको राजधानी जनकपुरधाम बन्दको आह्वानको घोषणा गरेको हो ।

जनकपुरधामको रेल्वे स्टेशनबाट लालटेनसहित उनीहरूले प्रदेश सरकार र प्रधानमन्त्री विरुद्ध विभिन्न नारा लगाउँदै जनक चौकसम्म विरोध प्रदर्शन गरेका हुन । जनकचौकमा भएको कोणसभामा उनीहरूले विगतमा विभिन्न प्रकारको आन्दोलन र सहमति हुँदा पनि माग पुरा नभएको भन्दै सुकुम्वासीको नाउँमा गलत व्यक्तिलाई चुरे तथा वनजंगलको जग्गा दिने काम भइरहेकोकाले पुन आन्दोलनमा जान परेको बताए ।

अभियानले गत सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा, जनकपुरधाम उद्योग वाणिज्य संघ र मधेश प्रदेशका सम्पूर्ण पार्टीलाई एकसाथ ध्यानाकषर्णपत्र वुझाएको थियो । असार २९ गते बुधबार सुकुम्वासी तथा भुमीहिन महिलाहरू झाडु जुलुस प्रर्दशन गर्ने र ३० गते विहीवार जनकपुरधाम वन्दको घोषणा गरिएको अभियानले जनाएको छ ।

अभियानको तीन वुंदे माग अन्तर्गत मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसंग मिति २०७८ भदौ ४ गते गरेको सम्झौता अविलम्व सार्वजानिक गरि कार्यान्वयमा ल्याउनुपर्ने, तराई मधेशका भुमिहिन दलित, भुमिहीन सुकुम्वासी र अव्यवस्थित वसोबासीहरू भुमि अधिकारबाट वञ्चित रहेकाले तत्काल भुमि अधिकार दिनुपर्ने र स्थानिय सरकारद्धारा उठीवास लगाउने कार्य वन्द गर्नुपर्ने उनीहरूको माग छ ।

वनजंगल र चुरे क्षेत्रको जग्गा सुकुम्वासी आयोगले भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरूको नाउँमा नक्कली भुमिहिन दलित, नक्कली सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई बाँडेर बनजंगल र चुरेक्षेत्र मास्ने कार्य आयोग र स्थानियतह दुवै तर्फबाट हुदै आएकाले वनजंगल तथा चुरेक्षेत्रको जग्गा बाड्ने कार्य अविलम्व वन्द गर्नुपर्ने मागसमेत उनीहरूको छ । यस अघि उनीहरूले सिरहाका डिभिजन वन कार्यालय प्रमुख सुवास दासले गरेको भ्रष्टाचार र स्थानिय मारुती सिमेन्ट उद्योगलाई सार्वजानिक बनबुटीको तीन बिघा तीन कठ्ठा जग्गा अवैध तरिकाले दिएको घटना छानविन सहितका मांग गर्दै जनकपुरधाममा आमरण अनसन गरेका थिए ।

सो क्रममा मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले सरकारको प्रतिनिधित्व गर्दै घटनाको छानविन गर्ने प्रतिवद्वता सहितका मागलाई सम्बोधनको आश्वासन दिँदै २०७८ भदौ ४ गते अनसनकारीहरूसँग सम्झौता गर्नुभएको थियो । तर प्रदेशका वन मन्त्री सत्रुधन महतो आर्थिक प्रलोभनमा परेर कुनै सुनुवाई नगरेको उनीहरूको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?