नो मर्सी र न्यु जेनिथलाई उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नो मर्सी र न्यु जेनिथले प्रथम एसइइ कप ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । नो मर्सी फुटसल तथा न्यु जेनिथ थ्री बाइ थ्री बास्केटबलमा च्याम्पियन बने । खुमलटारस्थित आयोजक प्रिमियर इन्टरनेसनल स्कुलमा भएको फुटसल फाइनलमा नो मर्सीले स्वस्तिश्री गुरुकुललाई ४–१ गोलले पराजित ग¥यो । उपाधिसँगै नो मर्सीले ५० हजार तथा स्वस्तिश्रीले २५ हजार नगद पुरस्कार पाए ।

नो मर्सीका सञ्जय लामा उत्कृष्ट खेलाडी तथा स्वस्तिश्री गुरुकुल रेडका सुरेन्द्र तामाङ उत्कृष्ट गोलरक्षक चुनिनुभयो । प्रतियोगिताभर १३ गोल गर्नुभएका नो मर्सीका गौरव महर्जन सर्वाधिक गोलकर्ता बन्नुभयो । बास्केटबलको फाइनलमा न्यु जेनिथले ऋत एकेडेमीलाई १९–१७ ले हरायो । न्यु जेनिथका सुसन मगर ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिनुभयो । न्यु जेनिथले ३५ हजार तथा ऋतले २० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का, बास्केटबलका मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मी, प्रिमियरकी एकेडेमिक डाइरेक्टर प्रविणा थापा, प्रतियोगिताका संयोजक राजु श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगिताको फुटसलमा २४ तथा बास्केटबलमा १६ टिम सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?