अभिवृद्धि कार्यक्रमको सुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमको एक कार्यक्रमबीच उद्घाटन गरियो । अभिवृद्धि कार्यक्रमको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा मानव बेचबिखनविरुद्ध आवाज उठाउँदै आउनुभएकी चरीमाया तामाङ र १५ वर्षको उमेरमा एसिड आक्रमणमा परी घाइते हुनुभएकी मुस्कान खातुनको साहसको कदर गर्दै राखेपले सम्मान गरेको थियो ।

सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका विद्यार्थीका लागि आत्मरक्षासम्बन्धी तालिम पनि दिइएको थियो । कार्यक्रम उपत्यकाका तीनसहित २१ जिल्लामा सञ्चालन गरिनेछ । कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत करिब चार हजार छात्राको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाउनुभएको छ ।

प्रशिक्षार्थीहरूलाई नेपाल केआइएफ कुरोदय संघ र नेपाल मार्सल सेल्फ डिफेन्स संघले आत्मरक्षासम्बन्धी तालिम दिनेछन् । फुटबल, भलिबल, तेक्वान्दो, कराँते र रग्बी खेलको प्रशिक्षण पनि दिइनेछ । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का विज्ञहरूले मनोविज्ञानसम्बन्धी प्रशिक्षण दिनेछन् । कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?