काठमाडौं टिम च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं १५ स्वर्ण, पाँच रजत र चार कास्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित प्रतियोगितामा चितवन १४ स्वर्ण, १२ रजत र तीन कास्यसहित दोस्रो भयो । ललितपुरले तेस्रो स्थानमा चित्त बुझायो । ललितपुरले आठ स्वर्ण र दुई रजत हात पार्‍यो ।

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तेक्वान्दोमा काठमाडौं टिम च्याम्पियन बन्यो । चार स्वर्ण र एक कास्यसाथ काठमाडौं टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा एक स्वर्ण, एक रजत र तीन कास्यसाथ ललितपुर दोस्रो भयो । तेस्रो स्थानको काभ्रेले एक/एक स्वर्ण, रजत र कास्य हात पार्‍यो ।

कोटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगिताको पुरुषमा काभ्रेका किरण तामाङ तथा महिलामा ललितपुरकी समता जिरेल उत्कृष्ट खेलाडी घोषित हुनुभयो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

सो अवसरमा कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पु¥याएबापत आइओएफटिसीका निर्देशक दिवाकर महर्जन र तेक्वान्दोका प्रेम भुजेललाई प्रशंसापत्रसहित सम्मान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?