शिशिर योगीको स्वरमा गायत्री मन्त्र

Read Time = 2 mins

काठमाडौं । लोकप्रिय गायक शिशिर योगीले गायत्री मन्त्रमा पनि स्वर दिनु भएको छ । पछिल्लो समय भक्ति संगीतमार्फत आफ्नो स्वरको जादु देखाउँदै आउनुभएका गायक योगीको गायत्री मन्त्र गाएको उक्त भिडियो शनिबार सार्वजनिक गरिएको हो । भिडियो शिशिर योगीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायत्री मन्त्रमा पनि शिशिरले नै संगीत भर्नु भएको छ । उहाँँलाई आवाजमा सलिना विक र उहाँँकै सुपुत्री श्रुति योगीले साथ दिनुभएको छ । नोर्बु शेर्पाले सबै मन्त्रमा संगीत संयोजन गर्नुभएको छ । ध्वनि सम्पादनको काम प्रकाश मिश्रले गर्नुभएको छ भने दृश्य सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गर्नुभएको छ । आवश्यक सुझाब, सल्लाह र शब्द सम्पादनको कार्य भने वासुदेवकृष्ण शास्त्रीले गर्नुभएको छ । रेकर्डिस्टका रूपमा अजय कार्की रहनुभएको छ ।

स्वर सुल्तानको उपनाम बनाउनु भएका शिशिरले गाएका ‘मानिस खोजिरहेछु, सारंगी त रेटे पनि, आमाले घाँस काट्दै गर्दा, आमा, बा’ लागायत गीत सदावहार बनेर नेपाली संगीत आकाशमा गुञ्जिरहेका छन् । योगीले विशेषगरी राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत गाउँदै आउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?