इन्द्रेणी मसरुम कम्पनीले सेयर जारी गर्ने

Read Time = 1 min

काठमाडौं । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा इन्द्रेणी मसरुम फार्मका अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको छ । इन्द्रेणी मसरुम फार्म नेपालमा पहिलोपटक आधुनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गर्न सफल भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?