सेञ्चुरी र मोको डिजिटल वालेटबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच भिसा डेबिट र क्रेडिट कार्डवाहकले क्युआर स्क्यानमार्फत् भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेटसम्बन्धी सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको हो ।

सम्झौतासँगै सेञ्चुरी बैंकका डेबिट कार्डलगायत क्रेडिट कार्डवाहकले सम्बन्धित कार्डको शर्त बन्देज तथा सुविधाको अधिनमा रही क्युआर स्क्यानमार्फत् भुक्तानी गर्न मिल्ने भएकाले ग्राहकलाई थप सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा मोको डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकका प्रमुख व्यापार प्रवद्र्धन अधिकृत शंकर केसीले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?