पशुपन्छी बजार निर्देशनालयका कार्यक्रम निर्देशकसहित सात जनामाथि भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपन्छी बजार निर्देशनालयका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष ०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुमको म्याङलुङ-५ मा आम्फुवा हाटबजार निर्माण गर्दा अनियमितता गरेको आरोप छ ।

निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाईं र वरिष्ठ पशु चिकित्सक पूजा शर्माले हाटबजार निर्माण कार्यको अस्वाभाविक दोस्रो वा अन्तिम रनिङ बिलको भुक्तानी अनुगमनबिना गरेको आरोप छ । उनीहरूमाथि जनही ४७ लाख ३७ हजार ६२९ बढी रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

यस्तै, किराँत याक्थु चुमलुङ कृषि सहकारीका अध्यक्ष गणेशकुमार लिम्बू, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेशबहादुर सोदेम्बाले निर्माणका क्रममा आफूलाई फाइदा हुने गरी बिल भरपाई पेश गरी भुक्तानी लिएको आरोप छ । उनीहरूलाई पनि जनही ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै, लाइफ टाइम इञ्जिनियरिङ सोलुसन प्रालि का सञ्चालक रोशन भट्टराईले हाटबजार निर्माण सम्पन्न भएको मूल्यांकन प्रतिवेदन बनाएको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?