कपन बानेश्वर प्रतिभा चयन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कपन-बानेश्वर साहित्यिक साप्ताहिकले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा सात प्रतिभालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । कपन बानेश्वर साहित्यिक साप्ताहिकको वर्ष दशमा प्रकाशित रचनाहरू मध्येबाट शीतल गिरीलाई नालाङ कबा रचना पुरस्कार (पुरुष), तारा केसीलाई श्यामा खरेल स्मृति कबा रचना पुरस्कार (नारी), इन्द्रकुमार श्रेष्ठ ओखलढुंगालाई गंगा लिगल कबा रचना पुरस्कार (मोफसल), तृष्णा श्रेष्ठलाई हेमगंगा कबा रचना पुरस्कार (बाल) प्रदान गरिने भएको छ ।

गत वर्षसम्म कबा समाचार पुरस्कार प्रदान गरिँदै आएकोमा यस वर्षदेखि कबा साहित्यिक पत्रकारिता पुरस्कार नामकरण गरी साहित्यिक पत्रकार उमेश पाण्डेलाई प्रदान गरिने साप्ताहिकले जनाएको छ । साप्ताहिकले वरिष्ठ साहित्यकार महेन्द्र चालिसेलाई कबा विशिष्ट सम्मान र विष्णु ओलीलाई कबा सम्मान प्रदान गर्ने भएको छ । साप्ताहिकको प्रबन्धक वरिष्ठ साहित्यकार गंगा पौडेलको संयोजकत्वमा बनेको प्रतिभा चयन समितिले सिफारिश गरेको आधारमा प्रतिभा चयन गरिएको कपन-बानेश्वर साहित्यिक साप्ताहिकका सल्लाहकार वरिष्ठ उपन्यासकार शंकर भारतीले जानकारी दिनुभयो ।

सो सम्मान तथा पुरस्कार साउन ७ गते शनिबार पत्रिकाको दशौं वार्षिकोत्सव कार्यक्रममा प्रदान गरिने पत्रिकाका सहसम्पादक परशुराम अधिकारीले बताउनुभएको छ । नेपालको पहिलो र हालसम्मको एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन-बानेश्वरले हरेक वर्ष वार्षिकोत्सवमा सम्मान र पुरस्कार समर्पण गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?