जंगली च्याउ खाँदा एकै परिवारका पाँच बिरामी, दुई जनाको अवस्था गम्भिर

हिमालय टाइम्स
Read Time = 1 min

रुकुम पश्चिम । रुकुम पश्चिममा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिक- ७ मग्मा नदुवाका आशिराम खत्रीसहित पाँच जना बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आशिरामले मंगलवार बेलुका जंगलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका हुन् ।

आशिराम खत्रीसहित उहाँकी श्रीमती कुमारी, छोरा शेरबहादुर, छोरी धनमाया र भान्जा निमबहादुर खत्री विरामी भएको प्रहरीले जनाएको छ । बिरामी पाँचै जनालाई बुधवार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याइएको छ ।

गम्भीर विरामीमध्ये आशिरामकी छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । अन्य तीन जना भने सामान्य अवस्थामा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?