प्रतिनिधिसभा : स्वास्थ्य बीमा गरेर पनि स्वास्थ्य उपचार नपाएकामा चिन्ता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ ।

बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बीमा गरेर पनि सो अनुरुप उपचार नपाएकोमा चिन्ता प्रकट गर्नुभएको हो ।

उहाँले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने पनि बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैँकका गभर्नरले शेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?