उपसभामुखको निर्वाचन असार ३१ गते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाणडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिनुभएको छ ।

उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आब्हान गर्ने र ३१ असारमा बस्ने बैठकवाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ ।

तत्कालिन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजिनामा दिए पछि झन्डै २ बर्ष देखी उपसभामुख खाली रहदैँ आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?