एम अधिकारी गभर्नर महाप्रसाद हैनन्, उनी एक गैर सरकारी संस्थामा काम गर्छन् : रिजाल

Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ‘एम अधिकारी’ एक गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी भएको बताउनु भएको छ । एम अधिकारी भनेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको दाबी गर्दै केही दिनदेखि भ्रम फैलाउने काम भइरहेको छ ।

रिजालले भन्नुभयो, ‘नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी महाप्रसाद अधिकारी होइनन् । एम अधिकारी एक जना गैरसरकारी संस्थामा कार्यरत व्यक्ति हुन् ।

यसैगरी एमाले नेता तथा स्थायी कमिटी सदस्य घनश्याम भूसालले पनि सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटीमा रहने व्यवस्था नभएको बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण दिँदै लेख्नुभएको छ – ‘स्वयं गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ ।’
‘दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?