काठमाडौंको भृकुटीमण्डपमा आगलागी (तस्वीर)

Read Time = 5 mins

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमास्थित एक गोदाममा भीषण आगलागी भएको छ ।

भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको बताउनु भयो ।

बुधबार अपरान्ह लागेको आगो अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाउने प्रयास गरिरहेका छन् ।

सुरक्षाकर्मी, स्थानीय तहका दमकल आगो निभाउन प्रयोग गरिएको छ । काठमाडौं महानगर मेयर बालेन साह आगलागीस्थल पुगेका छन् । आगलागीको कारण खुलिसकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?