मेलम्ची करिडोरको २९ स्थानमा तटबन्ध निर्माण

हिमालय टाइम्स
Read Time = 2 mins

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् । नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् । गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बुदेखि दोलालघाटसम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको हो ।

यसले नदीको बहाव नियन्त्रण गर्न, बस्ती बाटो संरक्षणका लागि राहत पुगेको चनौटेका स्थानीय रविन कक्षपतीले बताउनुभयो । चार करोड लागतमा बागमती प्रदेशअन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट अस्थायी संरक्षणका लागि ३१ योजना राखिएकामा २९ योजना कार्यान्वयन भएको छ । हेलम्बुको चनौटे, किउल, मेलम्ची बजार, चनौटे बजार, बाहुनेपाटीका बजारमा अस्थायी संरक्षणले कटानबाट जोगिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोक प्रमुख दिवाकर मास्केले बताउनुभयो ।

डेढ मिटर तारजाली प्रयोग गरी आधा मिटर पछाडि छाड्दै पाँच मिटर अग्लो र ५५ मिटर लामो तटबन्ध निर्माण भएका छन् । तटबन्धकै कारण ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पस, तालामाराङको तेर्से मावि र बाहुनेपाटीको जाल्पादेवी माविका भवन तथा संरचना नदीको कटानबाट जोगिएका जाल्पादेवी माविका प्राचार्य विष्णु गौतमको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?