फेन्सिङ टोली इजिप्ट प्रस्थान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १० सदस्यीय नेपाली टोली इजिप्टको कायरो प्रस्थान गरेको छ । जुलाई ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा पाँच पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषमा खेलाडीमा पायस योञ्जन, दिनेशबहादुर पाण्डेय, राजेन्द्र गजुरेल, सुकीराम तामाङ र भीष्मराज दाहाल रहनुभएको छ । महिलामा अनिता कार्की, जानुका स्याङ्तान र उषा खड्का हुनुहुन्छ । पायस, दिनेश र राजेन्द्रले साब्रेमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

बाँकीले इपीमा खेल्नेछन् । सबैले व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । विशेष प्रशिक्षणमा सहभागी हुन पायस भने मंगलबारै इजिप्ट प्रस्थान गरिसक्नुभएको छ ।

टोली प्रमुखमा हेल्गा राणा रायमाझी, अफिसियलमा सुजनलाल श्रेष्ठ र प्रशिक्षकमा अभिषेक कार्की रहनुभएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?