नासिर र डुवानाद्वारा नयाँ कीर्तिमान कायम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा भएको १०औँ एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याहृया हुसेन र डुवाना लामाले नयाँ कीर्तिमान राख्नुभएको छ । नासिरले १०० मिटर ब्याकस्ट्रोकमा तेन्जिनले हिट चरणमा कायम गरेको १ मिनेट ५.८७ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै १ मिनेट ४.४६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गर्नुभएको हो ।

यसैगरी नासिरले १०० मिटर बटरफ्लाइमा १९ मार्च २०२१ मा सिंगापुरमा आयोजना भएको ५१औँ सिंगापुर राष्ट्रिय उमेर समूह आमन्त्रण २०२१ मा सायद हम्जा शाहले राखेको ५९.९४ सेकेन्डको रेकर्ड भंग गर्दै अर्को ५९.६० को नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।

यस्तै डुवानाले आफंैले हिट चरणमा कायम गरेको ३५.८९ सेकेन्डको समयमा सुधार गर्दै ३५.८३ को नयाँ कीर्तिमान कायम गर्नुभएको छ । यसअघि हिट चरणमा यस्तै तेन्जिनले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा यसै प्रतियोगिताको अघिल्लो संस्करण सेप्टेम्बर २०१९ मा भएको ९औँ एनएसए कप २०१९ मा राखेको १ मिनेट ८.२५ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५.८७ सेकेन्डको नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।

यस विधामा नासिरले पनि १ मिनेट ५.९९ सेकेन्डका साथ कीर्तिमान भंग गरे तापनि अन्तिम कीर्तिमान तेन्जिनको नाममा नै रहृयो । डुवानाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा २५ सेप्टेम्बर २०१९ मा भारतको बैंग्लोरमा आयोजना भएको एसियन उमेर समूह च्याम्पियनसिप २०१९ मा राखेको ३५.९४ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै ३५.८९ सेकेन्डको नयाँ कीर्तिमान कायम गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?