‘प्रकाश’ टिम ६ शहर जाँदै

Read Time = 3 mins

काठमाडौं । आगामी भदौ ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘प्रकाश’ ले प्रमोशनको कामलाई तीव्र बनाउने भएको छ । यो सँगै ‘प्रकाश’ टिमले प्रमोशनकै लागि देशका ६ शहरमा कार्यक्रम गर्ने भएको छ ।

युवा पुस्ताका चर्चित कमेडियनहरूको साथमा हुने प्रमोशनल टुर असार ३१ गते चितवनको भरतपुरबाट सुरु भई भदौ ५ गते काठमाडौंमा आई टुंगिने जनाइएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार असार ३१ र ३२ गते चितवनको भरतपुर, साउन ६ र ७ बुटवल, साउन १३ र १४ पोखरा, साउन २० र २१ विराटनगर, साउन २७ र २८ हेटौंडा र भदौ ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ ।

चलचित्रले प्रमोशनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो । ‘टेबल मुनिबाट’ नाम दिइएको प्रमोशनल कार्यक्रममा चलचित्रका नायक प्रदीप खड्कासहित अन्य कलाकार र केमेडियनहरू आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुने बताइएको छ भने काठमाडौंमा अन्य कलाकार पनि सहभागी हुने जनाइएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायत कलाकारको अभिनय छ ।

बिनिस इन्टरटेनमेण्टको व्यानरमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?