कलाकार जोगिन्दरको गाईजात्रे कोसेली ‘गठबन्धन’

Read Time = 3 mins

काठमाडौं । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याउनु भएको छ ।

देशको समसामाहिक राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यवृद्धिप्रति, जनतामा देखिएको राजनीतिक दलप्रतिको नैराश्यता, युक्रेन र रशिया युद्धलगायत निकै मार्मिक विषय उहाँँले यस वर्ष आफ्नो कमेडी ‘गठबन्धन’ मा समेट्नु भएको हो ।
भरपुर प्रहसनसमेत रहेको कोसेलीमा फिल्म भैरेको गीत ‘सान्ननी’ मा उनले प्यारोडी गीत बनाउनु भएको छ । प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसीलगायतलाई व्यांग्यको विषयमा समेटेको देखिन्छ ।

ओएसआर डिजिटलको निर्माण तथा रिजालको लेखन, प्रस्तुति र निर्देशन रहेको ‘गठबन्धन’ को भिडियोमा रिजाल स्वयंको अलवा दमन रूपाखेती, राधिका हमाल, कमल मैनाली, घनश्याम गौतम, प्रेमशर्मा पौडेल, सुरेश तिमल्सिना, शिवराम कार्की, सविता खड्कालगायतको अभिनय देख्न सकिन्छ ।

‘गठबन्धन’ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको हो । विगत दुई दशकभन्दा लामो समयदेखि गाईजात्राको अवसर पारेर नियमित कोसेली ल्याउने गर्नु भएका रिजालको ‘गठबन्धन’ २०औं कोसेली हो । यो भन्दा अगाडि उहाँँले ल्याउनुभएको ‘लकडाउन’ नामक गाईजात्रे कोसेली सर्वाधिक मनपराइएको थियो । यसपालिको कोसेली पनि दर्शकले रुचाउने उहाँको विश्वास छ ।

‘पहिले यो पर्वमा थुप्रै व्यांग्यका कोसेली आउथ्यो, अहिले आउँदैन’, रिजालले भन्नुभयो, ‘परम्पराको निरन्तरता र सर्वसाधारण सुसज्जितका लागि म भने कोसेली नियमित बनाउने गरेको छु ।’ गाईजात्रामा व्यांग्य गर्न छुट भएकाले पनि अन्य समय भन्न नसकिएका विषय व्यांग्यका रूपमा ल्याउने गरेको रिजालको भनाइ छ ।

विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर गाईजात्रे कोसेली बजारमा ल्याउने गरेका रिजाल गाईजात्रामा हास्य व्यांग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु आफ्नो धर्म नै मान्नुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?