भानुकला केन्द्रद्वारा स्रष्टा सम्मान

Read Time = 3 mins

विराटनगर । विराटनगरस्थित भानुकला केन्द्रले आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरेको छ ।

मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ‘भानु भाषा साहित्य सम्मान’ बाट साहित्यकार सरला चापागाईं, ‘भानु चतुर्भुज आशावादी कला सम्मान तथा पुरस्कार’बाट कलाकार मातृका संग्रौला, भानु पत्रकारिता सम्मानबाट पत्रकार मोहन मानन्धर सम्मानित हुनुभयो ।

त्यसैगरी अग्रज साहित्यकार डा.घनश्याम न्यौपाने परिश्रमी, डा. विजय पण्डित तथा कलाकार करुणा झालाई भानु पदकबाट विभूषित गरिएको थियो । सोही अवसरमा भानु चतुर्भुज आशावादी सम्मान मिलनसिंह मधुर र रामकिशोर उपाध्यायलाई प्रदान गरिएको थियो ।

उहाँहरू सबैलाई कार्यक्रमका प्रमुख अतिथि १- नम्बर प्रदेशका प्रमुख परशुराम खापुङ र आयोजक संस्थाकी अध्यक्ष माया पौडेल आशावादीले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदित, कार्यक्रम संयोजक प्रचण्ड पौडेललगायतले आदिकवि भानुभक्त आचार्यले आफ्नो भनाइ राख्नुभएको थियो ।

सोही अवसरमा आयोजित बहुभाषिक कविगोष्ठीमा भगवान झा, ऋषिधन बायुङ राई, भगवती ढुंगेल, गोविन्द तामाङ, भवानीप्रसाद पोखरेल, कर्ण सञ्जय, सरिता तुलाधर, सविना श्रेष्ठ, सुजाता राई, दशरथ रुम्दाली राई, चाँद इराकी, कविता केशरी, लक्ष्मी चौधरी, कुशेश्वर राजवंशी, पूजा बहार, नारायण याक्सोलगायत एक दर्जनभन्दा बढी कविहरूले विभिन्न भाषाका कविता वाचन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?